Listen Live

कानुन उल्लङ्घन गर्दै नदी उत्खनन
Posted On: Jan 01, 1970

कानुन उल्लङ्घन गर्दै नदी उत्खनन


 

२०७३ बैशाख ७ गते   

    जिविससँग टेन्डर स्वीकृत लिँदाको ठीक विपरीत रातारात कालीगण्डकीमा ढुृङ्गा, बालुवा र गिट्टी उत्खनन गरिरहेको पाइएको हो । प्रहरीले सो कार्यमा संलग्नलाई पक्राउ समेत गरेको छ । जिविससँग भएको सम्झौताको ठीक विपरित नदीको बहाव नै परिवर्तन हुने गरी उनीहरूले उत्खनन गर्दै आएका छन् ।

    प्राकृतिक सम्पदाको स्वरुप नै परिवर्तन हुने गरी पटकपटक नदी दोहन भएपछि क्रसर व्यवसायीले प्रयोग गरेका एक्साभेटर र टिप्पर एक सातादेखि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूले कानुनको उल्लङ्घन गर्दै रातिको समयमा उत्खनन गर्ने गरेका छन् । पोखरा-बागलुङ राजमार्ग र बेनी मालढुङ्गा सडकसँगै जोडिएर कालीगण्डकी नदीको किनारमा सञ्चालित उद्योगले कानुनविपरित ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने गरेका छन् । 
    पानीको बहावभन्दा पाँच मिटर टाढा डेढ मिटर गहिराइसम्म रहेका ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न पाउने गरी जिविससँग सम्झौता गरे पनि उनीहरूले नदीको बहाव नै परिवर्तन गर्ने गरी १० मिटरभन्दा बढी गहिराइ पारेर उत्खनन गर्दै आएको भेटिएको छ । मजदुरको प्रयोग गरेर उत्खनन गर्ने स्वीकृति जिविसले दिएको भए पनि एक्साभेटर र डोजरको प्रयोग गरिएको छ ।  कालीगण्डकी नदीको पर्वत खण्डमा अहिले दर्ुइवटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् ।    

    प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले क्रसर व्यवसायीले कानुनको उल्लङ्घन गरी ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन गरेको आरोप लगाउनुभयो । जिविसले व्यवसायीलाई दिएको अनुमति दिए विपरीत व्यवसायीले नदी दोहन गर्नुका साथै नदीको बहाव नै परिवर्तन गरेकाले उनीहरूलाई कानुनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो । यस्तै स्थानीय विकास अधिकारी युवराज पौडेलले क्रसर व्यवसायीले तोकिएको मापदण्ड विपरीत कार्य गरेको बताउनुभयो ।

 

Comments