Listen Live

म्याग्दीकाली सरसफाई अभियानका लागि हस्ताक्षर संकलन अभियान
Posted On: Jan 01, 1970

म्याग्दीकाली सरसफाई अभियानका लागि हस्ताक्षर संकलन अभियान

२०७३ बैशाख ७ गते /सन्दिप खत्री 

म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी र कालीगण्डकी नदीमा बढ्दो फोहोर र प्रदुषण नियन्त्रणका लागि दवाव सृजना गर्ने उद्देश्यले मंगलबार हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको छ ।

    खानेपानी, सरसफाई तथा स्वच्छता -वास) पत्रकार मञ्चको आयोजनामा बेनी बजारका विभिन्न स्थानमा नदीमा फोहोर नगर्ने प्रतिवद्धता सहितको हस्ताक्षर संकलन गरिएको हो ।
म्याग्दीका स्थानीय विकास अधिकारी चिरिञ्जिवी पौडेलले बालमन्दिर चोकमा उद्घाटन गर्नुभएको हस्ताक्षर संकलन अभियानमा जिल्ला स्थित कार्यालयका प्रमुख, बेनी बजारका टोल सुधार समिति, र्सवसाधारण, नागरीक समाजले सहभागिता जनाएका छन् । 

धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसाबले महत्वपर्ूण्ा मानिने कालीगण्डकी र त्यसको सहायक नदी म्याग्दीमा फोहोर फाल्ने तथा ढल मिसाउने कार्यलाई निरुत्साहीत गर्न हस्ताक्षर संकलन अभियान सञ्चालन गरिएको मञ्चले जनाएको छ । 

मञ्चले नदी सरसफाईका लागि जनचेतनामुलक कार्यक्रमसंगै बैशाख ९ गते बिहीबारदेखि बृहत म्याग्दीकाली सरसफाई अभियान पनि सुरु गर्ने तयारी गरेको अभियानका संयोजक गोपाल छन्त्यालले जानकारी दिनुभयो । 

सरकारी कार्यालय, राजनितिक दल, बजारबासी, सुरक्षा निकायको सहभागितामा प्रत्येक हप्ताको बिहीबार नदी किनारमा फालीएका फोहोर संकलन गरि ब्यवस्थित गर्न अभियान सुरु गर्न लागिएको मञ्चका अध्यक्ष ठाकुरप्रसाद आचार्यले बताउनुभयो । 

 

Comments