Listen Live

नेपाल निजामति कर्मचारी सङ्गठनले २६औं स्थापना दिवस मनायो
Posted On: Jan 01, 1970

नेपाल निजामति कर्मचारी सङ्गठनले २६औं स्थापना दिवस मनायो

२०७३ बैशाख ७ गते  / प्रताप बानिया 

नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आफ्नो २६औं स्थापना दिवस मनाएको छ । 

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कर्मचारीहरु राज्यको स्थायी सरकार भएको हुँदा देश विकासमा महत्वपर्ूण्ा भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो । 
    कार्यक्रममा नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य साधनाकुमारी श्रेष्ठले राज्यले करारमा रहेका कर्मचारीहरुलाई सेवा सुविधामा वृद्धि गर्नुपर्ने बताउँदै सरकारले तोकिएकै समयमा निजामति कर्मचारीहरुको आधिकारिक टे्रड युनियनको निर्वाचन गर्नुपर्ने बताउनुभयो ।  
    कार्यक्रममा लोकसेवाबाट सिफारीस तथा विभिन्न जिल्लाबाट सरुवा भएर आएका कर्मचारीहरुलाई स्वागत गरिएको थियो । कार्यक्रममा पशुपंक्षी विकास राज्यमन्त्रीका निजी सचिव चन्द्रमणि सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष बालकुमार रोका, कर्मचारी सङ्गठनका सदस्य कुलराज पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । 
 
    नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीका अध्यक्ष जीवनप्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष चित्रराज शर्माको स्वागत र सचिव भोजबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । औपचारिक कार्यक्रम शुरु हुनुपर्ूव कर्मचारीहरुले बेनीबजारमा प्रभातफेरी गरेका थिए । 

 

    

Comments