Listen Live

सिकार एजेन्सीबिच प्रतिस्पर्धा हुन छोडेपछि ढोरपाटन सिकार आरक्षको आम्दानी प्रभावित ।
Posted On: Jan 01, 1970

सिकार एजेन्सीबिच प्रतिस्पर्धा हुन छोडेपछि ढोरपाटन सिकार आरक्षको आम्दानी प्रभावित ।

 

२०७३ बैशाख ७ गते 
    ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर हृवात्तै घटेको छ । अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ । 

गत असोज-मङ्सिरमा एउटा झारल सिकार गरेको रु नौ लाख ३१ हजार लिने गरेकोमा अहिले घटेर रु एक लाख ५० हजार पुगेको छ । यस्तै गत वर्षो पहिलो सिकार याममा नाउर सिकार गरेबापत सिकारीले रु तीन लाख ३० हजारसम्म राजस्व बुझाएका थिए । तर अहिले उउटा नाउरको रु ७५ हजार राजस्व लिने गरेको छ । 

    सिकार एजेन्सीहरूबीच प्रतिस्पर्धा नभएपछि पछिल्लो याममा सिकार दस्तुर हृवात्तै घटेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । सिकार एजेन्सीबीच हुने प्रतिस्पर्धाका कारण नै राजस्वको दर घटबढ हुने गरेको छ । 

    अहिले चालु सिकार याम -फागुन-वैशाख)मा विभिन्न देशका गरी ११ सिकारी ढोरपाटनमा सिकारका लागि आइपुगेका छन् । प्रत्येक याममा १३ नाउर तथा छ झारलको सिकार अनुमति दिने गरिएको छ । "सिकार एजेन्सीबीचमा प्रतिस्पर्धा हुँदा दस्तुर पनि बढ्छ, विद्युतीय बोलपत्रबाट सिकारी पठाउने एजेन्सीहरू छानिने गर्छन्", अधिकृत बरालले भन्नुभयो । 
    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले असोज-मङ्सिर र फागुन-वैशाख गरी दर्ुइ यामका लागि सिकार खुल्ला गर्ने गरेको छ । बर्सर्ेे ढोरपाटनमा सिकारी पठाउँदै आउनुभएका ग्लोवल सफारी प्रालिका शम्शेर पराजुली बर्सर्ेे दोस्रो याममा प्रतिस्पर्धा कम हुने बताउनुहुन्छ ।  
सिकार खेल्न अमेरिका, जर्मनी, स्पेन, दक्षिण अमेरिका, नर्वेलगायत देशबाट सिकारी ढोरपाटन पुग्छन् । सिकारबाट मात्रै वाषिर्क करिब रु एक करोड राजस्व सङ्कलन हुने गरेको छ । अहिले नेपाल वाइल्ड लाइफ सफारी, हिमालयन सफारी प्रालि, ग्लोवल सफारी प्रालि, ट्रयाक एण्ड टर्ेर्ल्स प्रालि र वपन नेपाल वाइल्ड लाइफ सफारीमार्फ सिकारी यहाँ आएका छन् । 
 

Comments