Listen Live

हर्रि् प्रसाद पौडेलको अध्यक्षतामा गैरसरकारी संस्था महासंघ म्याग्दीमा नयाँ कार्यसमिति चिर्वाचित । पत्रकार प्रताप बानियालाई दर्ुइ हजार पाँच सय रुपैयाको पुरस्कार सहित सम्मान प्रदान ।।
Posted On: Jan 01, 1970

हर्रि् प्रसाद पौडेलको अध्यक्षतामा गैरसरकारी संस्था महासंघ म्याग्दीमा नयाँ कार्यसमिति चिर्वाचित ।  पत्रकार प्रताप बानियालाई दर्ुइ हजार पाँच सय रुपैयाको पुरस्कार सहित सम्मान प्रदान ।।


२०७३ बैशाख ७ गते सन्तोष गौतम

गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा दोस्रो कार्यकालका लागि हर्रि्रसाद पौडेल निर्वाचित हुनुभएको छ । 

    शाखाको सोमबार बेनीमा सम्पन्न १६ औ साधारणसभा तथा आठौ अधिवेशनबाट पौडेलको अध्यक्षतामा र्सवसम्मत नयाँ कार्यसमिति चयन भएको हो । शाखाको उपाध्यक्षमा दिपक पौडेल, सचिवमा जुना गर्बुजा, कोषाध्यक्षमा खरमाया बिटालु र सहसचिवमा चुमाया थजाली निर्वाचित हुनुभएको छ । 

यसैगरी कार्यसमिति सदस्यहरुमा सुरेन्द्र केसी, बिष्णु रोका, निरमाया मिजार, बिष्णु गुरुङ, सागर सुवेदी र श्रीराम पौडेल रहनुभएको छ । अधिवेशनको उद्घाटन गर्दै महासंघका केन्द्रीय महासचिव मिलन श्रेष्ठले नेपाल सरकारको विकासका साझेदार संस्थाहरु गैरसरकारी संस्था भएको बताउनुभएको थियो । 

गैरसरकारी संघसंस्थाले स्वयंसेवकका रुपमा समाजमा काम गरेको बताउँदै उहाँले गैससले नागरिक आन्दोलन, अधिकार, समाज विकास र रुपान्तरणमा आवश्यक भूमिका खेलेको बताउनुभयो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले गैरसरकारी संघसंस्थाहरु राज्यका सहयोगी निकाय भएकाले राज्य नपुगेका ठाउँमा पुगेर जनतालाई सेवासुविधा प्रदान गर्नुपर्ने बताउनुभयो । महासंघका केन्द्रीय सचिव रामप्रसाद सुवेदीले गैससको काम समाजमा खबरदारी गर्ने भएकाले सरकारले ल्याउने राम्रा काममा गैससले साझेदारीका रुपमा सघाउने बताउनुभयो । 

    कार्यक्रममा गैसस महासंघका क्षेत्रीय इन्चार्ज देवीप्रसाद तिमिल्सीना, केन्द्रीय सदस्य दिवाकुमारी पुन, नेपाली काँग्रेस म्याग्दीका जिल्ला सदस्य माधवप्रसाद रेग्मी, नेकपा एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, एमाओवादीका प्रतिनिधि कुशल पौडेल, अखण्ड नेपाल पार्टर्ीी अध्यक्ष डम्बरबहादुर बानियाँ, वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष ठाकुरप्रसाद आचार्य र मिलन म्याग्दीका अध्यक्ष जुना गर्बुजाले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

सो अवसरमा पत्रकार प्रताप बानियालाई सामाजिक संघसंस्थाबाट सञ्चालित क्रियाकलापहरु सञ्चारमाध्यममार्फ आम समुदायमा पुर्‍याउन महत्वपर्ूण्ा भूमिका खेलेको भन्दै नगद दर्ुइहजार पाँचसय, दोसल्ला र कदरपत्रले सम्मान गरिएको थियो । यसैगरी गैसस महासंघ म्याग्दीबाट प्रकाशित एनजिओ प्रोफाइलको विमोचन गरिएको थियो । कार्यक्रमका अतिथिहरुलाई स्थानीयस्तरमा नेपाली कागजको प्रयोगबाट निर्माण गरिएको डायरी प्रदान गरिएको थियो । 

    साधारणसभामा संस्थाका अध्यक्ष हर्रि्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष खरमाया बिटालुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष वेगप्रसाद गर्बुजाको स्वागत र सहसचिव मालती खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । 

    

Comments