Listen Live

समानुपातिक प्रतिनिधित्व माग गर्दै राष्ट्रिय कर्मचारी संगठनको धर्ना
Posted On: Jan 01, 1970

समानुपातिक प्रतिनिधित्व माग गर्दै राष्ट्रिय कर्मचारी संगठनको धर्ना


२०७३ बैशाख ६ गते साँझ /सन्तोष गौतम
आधिकारिक टे्रड यूनियनको निर्वाचनमा समावेशी र समानुपातिक प्रतिनिधित्वको माग गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिति म्याग्दीले निर्वाचन अधिकृतको कार्यालयमा सोमबार धर्ना दिएको छ । 

संगठनको राष्ट्रिय कार्यक्रम अनुसार ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेको अध्यक्ष दिपकलाल पालले जानकारी दिनुभयो । अबैज्ञानिक थ्रेस होल्डको खारेजी र सवैको प्रतिनिधित्व सुनिश्चितताको माग राख्दै उनीहरु धर्नामा बसेका थिए । 
    अध्यक्ष पालले भन्नुभयो-"अरु कसैको निर्वाचनमा थ्रेस होल्ड नचाहिने अनि कर्मचारीको चुनावमा चाहि थ्रेस होल्ड चाहिने -" सिमित संगठनहरुको प्रनिधित्व मात्र नभएर सम्पर्ूण्ा संगठनको प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्नेमा उनीहरुले जोड दिए ।

आधिकारिक टे्रड यूनियनको निर्वाचनमा सबैको समावेशी र समानुपातिक प्रतिनिधित्व नभएसम्म निर्वाचत हुन नदिने अध्यक्ष पालको भनाई छ । आज बेलुकासम्म पनि कुनै पहल नभएमा आन्दोलनका थप कार्यक्रम जारी गरि अगाडि बढ्ने संगठनले जनाएको छ । आईतबार पनि विहान साढे ११ बजेदेखि १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा धर्ना बसेको थियो । 

 

Comments