Listen Live

यि शिशुको बाबु को -?
Posted On: Jan 01, 1970

यि शिशुको बाबु को -?

                    

२०७३ वैशाख ६ गते / रामकृष्ण बोहोरा
मानसिक बिचलन भएकी ३८ बषिर्या एक महिला ८ महिनाको गर्भ लिएर अल्पकालिन महिला सेवा केन्द्र बागलुङमा शरण लिन बाध्य भएकी छिन् । 
र्
गर्भको शिशुको बाबु को हो भन्ने पत्तो नलागेपछि केन्द्रले खाने बस्ने व्यवस्था गरेर सदरमुकाममा राखेको छ । २ छोरी र १ छोराकी आमा भैसकेकी उनलाई श्रीमान र परिवारले स्विकार नगर्दा अलपत्र परेकी छिन् । 

श्रीमान भारतमा काम गर्न गएको समयमा राती आउने अपरिचित व्यक्तिले जर्बजस्ती करणी गरेको पिडितले बताएपछि केन्द्रले खाने बस्ने व्यवस्था गरिदिएको हो । र्'जर्बजस्ती करणी गर्ने को हो भनेर खोजी गरिरहेका छौं' केन्द्रकी कार्यक्रम अधिकृत शर्मिला थापाले भन्नुभयो 'धेरै समय बितेकोले सुरक्षित रुपमा बच्चा जन्माउनुको विकल्प भएन ।' सामाजिक तिरस्कारका कारण पिडितलाई गाउँमा पर्ुनस्थापनाका लागि समस्या भएको उहाँको भनाइ थियो ।
 
अविवाहित १८ बषिर्या एक युवती पनि ८ महिनाकै गर्भवती भेटिएपछि परिवारले केन्द्रको सर्म्पर्कमा ल्याएर बाबु पहिचान गरिदिन भनेको छ । युवतीले आरोप लगाएका नरेठाँटीका युवकले बच्चाको डिएनए मिलेमा स्विकार गर्ने भन्दै २ लाख रुपैयाँ खर्च दिएर छाडेका छन् । युवतीले पनि आरोपित युवककै गर्भ हो वा होइन ठोकुवा गर्न सकेकी छैनन् । केही दिनदेखि उनी पनि परिवारबाट तिरस्कृत हुन थालेकी छिन् ।

Comments