Listen Live

रामनवमी महामहोत्सवको प्रचारप्रसार जारी
Posted On: Dec 17, 7356

रामनवमी महामहोत्सवको प्रचारप्रसार जारी


सन्तोष गौतम 
पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा चैत २६ देखि बैशाख ३ गतेसम्म सञ्चालन हुने श्रीमद् भागवत रामनवमी महामहोत्सवको प्रचारप्रसारका लागि शुक्रबार विभिन्न स्थानमा समिति गठन भएको छ ।  

मल्लाजको बगरफाँटमा मुकुन्द शर्मा र गलेश्वरमा गौमाया गर्बुजाको संयोजकत्वमा प्रचारप्रसार समिति गठन भएको हो । पण्डीत कमलनयन गौतम, राममन्दीरका संरक्षक केशवदास बैरागी, महोत्सव मुल आयोजक समितिका अध्यक्ष चन्द्रबहादुर जिसी, सचिव चित्रराज रेग्मी र प्रचारप्रसार समितिका संयोजक प्रकाश जिसीको उपस्थितीमा प्रचारप्रसार समिति गठन भएको थियो । 

राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको र्सवाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा हुन लागेको महोत्सवको व्यवस्थापन, प्रचारप्रसार लगायतको तयारी त्रि्र पारिएको मुल आयोजक समितिले जनाएको छ ।  

कालीगण्डकी र राहुघाट नदीको संगम, कालञ्जर पर्वतको फेदी, मुक्तिक्षेत्रको प्रवेशद्धार, शालग्राम संग्राहलय र गलेश्वरको नजिकै रहेको राममन्दिरको प्रचारप्रसार गरि धार्मीक पर्यटक भित्र्याउने तथा पर्ुवाधार विकासका लागि आर्थिक स्रोत जुटाउन महोत्सव हुन लागेको हो । 
उक्त धार्मीक कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका अध्यक्ष पण्डीत कमलनयन गौतमले प्रवचन गर्नुहुने जनाइएको छ ।  राममन्दिर परिसरमा आश्रम निर्माण गरी त्यसलाई सेवा सूचारु दिन र दैनिक पुजाआजा सञ्चालन गर्न कोष स्थापना गर्ने, मन्दिर प्रवेशद्धार, सत्संग भवन निर्माण र आश्रम स्थापना गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो । 

                                         
     

 


    

 

Comments
Up Next
Dharmik geet
Time: 05:00