Listen Live

मध्यमोदी आयोजनाको काम तिब्र
Posted On: Jan 01, 1970

मध्यमोदी आयोजनाको काम तिब्र

२०७३ जेठ १७ गते /  सन्तोष थापा  

पर्वतमा निर्माणाधिन १५ दशमलव १ मेगावाट क्षमताको मध्य मोदीखोला जलविद्युत आयोजनाको काम तिब्र गतिमा अघि बढेको छ ।

नाकाबन्दीका कारण निर्माण सामग्री ढुवानी अभावमा केही समय प्रभावित बनेको आयोजनाको काम पछिल्लो समयमा धमाधम भइरहेको हो । २०७१ फागुनबाट काम शुरु गरेको आयोजनाले अहिले स्थानीयबासीहरु समक्ष जग्गा खरिद गर्ने काम सँग सँगै टनेल निर्माण कार्यलाई समेत अघि बढाएको छ ।

पर्वतको भुकताङले १ सेराबेसीमा ड्याम रहने गरी काम शुरु गरेको आयोजनाले २ हजार ८ सय टनेल निर्माण मध्ये झण्डै ४ सय मिटर सम्पन्न गरिसकेको छ । ड्याम साइड निर्माण तर्फको क्षेत्रलाई पहिलो फेज मानेर सुरुङ निर्माण गरेको आयोजनाले पावर हाउस रहने देउपुर तर्फबाट पनि टनेल निर्माण कार्य अघि बढाउने भएको छ ।

 हिमाल हाइड्रो मुख्य निर्माण कम्पनी रहेको उक्त आयोजनामा अहिले ड्याम रहने क्षेत्र र पावर हाउस तर्फको क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो ।
पर्वतको भुकताङले, देउपुर र तिलाहार सँगै कास्कीको दाङसिङ, सल्यान र लुम्ले गाविसलाई मुख्य प्रभावित गाविसका रुपमा सूचिमा राखेर निर्माण भइरहेको आयोजनाले स्थानीयबासीहरुको सहयोगमा निर्माण कार्यलाई तिब्रता दिइएको देवकोटाले जानकारी दिनुभयो ।
 

 

Comments