Listen Live

म्याग्दी जेसिजको सराहनीय काम आर्थिक अवस्था कमजोर भएका १ सय ३० जना विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण
Posted On: Jan 01, 1970

म्याग्दी जेसिजको सराहनीय काम आर्थिक अवस्था कमजोर भएका १ सय ३० जना विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण


२०७३ जेठ १६ गते /हरिकृष्ण गौतम
म्याग्दी जेसीजले आइतबार सदरमुकाम बेनीस्थित बालमन्दिर प्राविमा अध्ययरत विद्यार्थीलाई शैक्षिक साम्रागी र पोशाका सहयोग गरेको छ । ‘बालबालिकाको लागि संगसंगै’ भन्ने  मुल नारा सहित सुरू भएको जेसीस सप्ताह अन्र्तरगत आर्थिक अवस्था कमजोर भएका बालबालिका अध्ययरत विद्यालयका १ सय ३० जना विद्याथीलाई प्रति विद्यार्थी १७ सय बराबरको झोला, पोशाक, स्टेशनरी सहयोग गरिएको जेसीजका अध्यक्ष भिमसेन बराईलीले बताउनुभयो ।  
     विद्यार्थीलाई लक्षित गरेर शनिबार च्यारेटी वाकाथुन कार्यक्रम समेत गरिएको थियो । विद्यालयको प्राङ्गनबाट पैदलयात्रा पर्वतको मल्लाजको बञ्चरे डिल हुदै मल्लाजको एतिहासिक दरवारसम्म पुगेर शैक्षिक क्षेत्रमा सबैको प्रतिबद्धता र सहयोगको सन्देश समेत प्रवाह गरिएको थियो । विद्यार्थीलाई सहयोग गने आयोजित वाकाथुनमा सिर्टस समेत विक्री गरेर ४५ हजार संकलनका साथै विदेशमा रहेका म्याग्देलीहरूको सहयोगमा शैक्षिक साम्रागी वितरण गरिएको हो ।  वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला बाल संगठनका अध्यक्ष हरिकुमार श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग गरेर शैक्षिक गतिविधिलाई अगाडी बढाउन सहज भएको जानकारी दिनुभयो ।
दैनिक ज्यालामजदुरी गरेर जिविकोपार्जन गर्नेका बालबालिका अध्ययरत विद्यालयमा शैक्षिक साम्रगीका साथै पोशाक समेत नहुदाँ समस्या भइरहेको थियो। विद्यार्थीलाई पोशाक सहितको साम्रागी वितरण गर्ने हल्ला चलेपछि करिव ३० जना विद्यार्थी भर्ना समेत भएका थिए ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक दल बहादुर थापाले विद्यार्थीको शैक्षिक गुणस्तरबृद्धि गर्न सबै क्षेत्रबाट सहयोगको आवश्यकता रहेको बताउनुभयो ।  कार्यक्रममा नेपाल जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष धनञ्जय कुमार श्रेष्ठले जेसीज ब्यक्तित्व विकास संगै सामाजिक कार्यमा समेत सक्रिय रहेको बताउनुभयो । जेसीजले सप्ताह कार्यक्रम अन्र्तरगत विभिन्न रचनात्मक कार्य गर्ने जनाएको छ । साम्रागी वितरण कार्यक्रमको अध्यक्ष शाखा अध्यक्ष भिमसेन बराईली, स्वागत मुल कार्यक्रम संयोजक नकुल ढकाल र सञ्चालन शाखा महासचिव शुसिल थकालीले गर्नुभएको थियो ।

 

Comments