Listen Live

बेनीमा छैठौं जिल्ला बालक्लबस्तरीय भेला तथा अधिवेशन शुरु
Posted On: Jan 01, 1970

बेनीमा छैठौं जिल्ला बालक्लबस्तरीय भेला तथा अधिवेशन शुरु

२०७३ बैशाख ११गते / प्रताप बानिया  

जिल्ला बाल सञ्जाल म्याग्दीको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौं जिल्ला बालक्लबस्तरीय भेला तथा अधिवेशन शुरु भएको छ । जिल्ला विकास समिति म्याग्दी, महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिको सहयोगमा कार्यक्रम गर्न लागिएको हो । 

    'बालबालिकाको कुरा सुनौं बाल दर्ुर्व्यवहार अन्त्य गरौं, अर्थपर्ूण्ा बाल सहभागीता सुनिश्चितताको लागि प्रतिबद्धता जाहेर गरौं' भन्ने मूल नारासहित बाल भेलाको आयोजना गरिएको जिल्ला बाल सञ्जाल म्याग्दीले जनाएको छ । बालक्लबस्तरीय भेला तथा अधिवेशनको उद्घाट गर्दै म्याग्दीका जिल्ला न्यायाधीश रामप्रसाद शर्माले बालअधिकार उल्लङ्घनका घटनाहरु घटेमा सामान्य निवेदनका आधारमा पनि अदालतमा उजुरी दिन सकिने बताउनु भयो  । 
    उहाले बालअधिकार हननका घटनाहरु अदालतसम्म पुर्‍याएर सहयोग गर्न आग्रह गर्दै निवेदनको छानविन गरी पीडितलाई न्याय र पीडकलाई कार्वाही गरिने बताउनु भयो  । सोही कार्यक्रममा बोल्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले गाउँगाउँमा बालविवाह समस्याका रुपमा रहेकाले इच्छा विपरीत गरिने बाल विवाहको आफूलाई जानकारी गराउन निर्देशनदिनु भयो  । उहाले  विद्यालयमा शिक्षक विद्यालय नआएमा, नपढाएमा र समयमा कोर्षनसकेमा आफूलाई सूचना दिन बालबालिकालाई आग्रह गर्नुभयो  ।
    
स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले स्थानीय निकायमा आउने बजेटमध्ये १५ प्रतिशत बालबालिकाको क्षेत्रमा नै खर्च गर्ने गरिएको दावी गर्दै अन्य जिल्लाको तुलनामा म्याग्दीमा त्यस्तो नभएको बताउनु भयो  । कार्यक्रममा बालबालिकाहरुले बालगीत गीतसङ्गीत नाटक तथा नृत्य प्रस्तुत गरेका थिए । 

    सोही अवसरमा अन्तर्रर्ााट्रय बाल अधिकार दिवसको अवसरमा आयोजना गरिएको निबन्धलेखन प्रतियोगितामा प्रथम न्यु वेष्ट प्वाईन्टकी कृतिया श्रेष्ठ, द्वितीय मुक्तिधाम उच्च मावि राखुभगवतीका साधना कटुवाल र तृतीय बेनी आवासीय माविका प्रतिभा सुवेदीलाई क्रमशः नगद ५ हजार, ४ हजार र ३ हजार साथमा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । 

    कार्यक्रममा राष्ट्रिय बाल सञ्जाल नेपालका अध्यक्ष सुरेश गुप्ता, जिल्ला शिक्षा अधिकारी रामप्रसाद अधिकारी, नेपाली काँग्रेस म्याग्दीका प्रतिनिधि टंक हमाल, क्षेत्रीय बाल सञ्जालका अध्यक्ष भावना पन्त, गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष हर्रि्रसाद पौडेल र बालकल्याण समिति सदस्य सन्तोष रावलले मन्तव्य राखेका थिए । 
बालकल्याण अधिकृत मिठु आचार्यले स्वागत गरेको कार्यक्रमको जिल्ला बाल सञ्जाल म्याग्दीका अध्यक्ष शिव विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष दिपक परियार र सदस्य रञ्जना श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।  
 

Comments