Listen Live

पर्यटन पर््रवद्धन र भुपुसंग भेटघाटका लागि राजदुत रे घोडेपानीमा
Posted On: Jan 01, 1970

पर्यटन पर््रवद्धन र भुपुसंग भेटघाटका लागि राजदुत रे घोडेपानीमा

पर्यटन पर््रवद्धन र भुपुसंग भेटघाटका लागि राजदुत रे घोडेपानीमा

२०७३ बैशाख ११ गते /शन्तोष गौतम 
नेपालका लागि भारतीय राजदुत रणजीत रे पदयात्राका लागि शुक्रबार म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानीमा आउनुभएको छ । र्
पर्यटन पर््रवद्धन र पर्ुव भारतीय सैनीकहरुसंग भेटघाटका लागि राजदुतावासको चार सदस्यीय टोली घोडेपानी आएको हो । टोलीमा राजदुत रेको साथमा पोखरा स्थित भारतीय सैनीकको पेन्सन बोर्डका कर्र्णोल मनराजसिंह महत र दर्ुइ जना दुतावासका कर्मचारी संलग्न रहेका छन् । 
र्    पर्यटन पर््रवद्धन र भारतीय सैनीकका भुपुहरुसंग भेटघाटका लागि व्यक्तिगत भ्रमणमा निस्कीएको कर्र्णोल महतले जानकारी दिनुभयो । पोखराबाट सदरमुकाम बेनी, भुरुङ तातोपानी  घार शिख हुदै चित्रसम्म सडक मार्ग भएर आएको उक्त टोलीले चित्रेदेखि डेढघण्टा पदयात्रा गरेर घोडेपानी पुगेको हो । 

    राजदुतको टोलीलाई भुरुङ्ग तातोपानी, शिख र घोडेपानीका बासिन्दा, आमा समूह र युवा कल्वले स्थानीय संस्कार अनुसार स्वागत गरेका थिए । दर्ुइ दिने भ्रमणका क्रममा कुनै औपचारीक कार्यक्रम नरहने कर्र्णोल महतले बताउनुभयो । भारतीय पर्यटकहरुलाई यस क्षेत्रका पर्यटकीय स्थलको भ्रमणका लागि प्रोत्साहन गर्ने पदयात्रामा आउनुको मुख्य उद्देश्य रहेको महतको भनाई छ । 

    राजदुत रेको टोलीलाई पर्ुव भारतीय सैनीकहरुले विद्यालय भवन, खानेपानी, विद्युत आयोजनामा सहयोग गर्न अनुरोध पनि गरेका छन् । भारतीय राजदुतको घोडेपानी भ्रमणले नेपाल र भारतबिचको सम्बद्ध सुधारका लागि सकारात्मक सन्देश प्रवाहका साथै यस क्षेत्रमा भारतीय पर्यटक भित्र्याउन मद्दत पुग्ने घोडेपानीका होटल ब्यवसायी डमबहादुर पुनले बताउनुभयो । 
    उहाँले विकास निर्माण र भारतीय सैनीकमा लामो समय काम गरेका भुपुहरुको समस्या समाधानका लागि पनि भ्रमण फलदायी हुने भारतीय सैनीकका सेवा निवृत क्याप्टेन समेत रहनुभएका पुनको भनाई छ । राजदुत रेले शनिबार बिहान घोडेपानीदेखि पुनहिलसम्म पदयात्रा गरेर सुर्योदय, गुरासे जंगल र हिमशृङ्खलाको दृष्यअवलोकन गर्ने कार्यक्रम छ । 

समुन्द्रि सतहदेखि तिन हजार दर्ुइ सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट सुर्योदय र तिस भन्दा बढी हिमशृङ्खलाको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । अन्नपर्ूण्ा चक्रिय पदमार्गको प्रमुख गन्तब्य मानिने घोडेपानीमा भारतीय सैनीकबाट अवकास प्राप्त भुपुहरुको बाहूल्य बसोबास छ । राजदुत रेको भ्रमणलाई लक्षित गरेर प्रहरीले घोडेपानी क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ बनाएको छ ।  

 

 

Comments