Listen Live

पर्वतमा ब्ाालबिवाह गर्न खोज्ने दर्ुइ पक्राउ ।
Posted On: Jan 01, 1970

पर्वतमा ब्ाालबिवाह गर्न खोज्ने दर्ुइ पक्राउ ।

 

२०७३ बैशाख ९ गते  सन्तोष थापा 
पर्वतमा उमेर नपुग्दै बालिकालाई बिवाह बन्धनमा बाध्ने तयारी गरेका महिला र पुरुष प्रहरीको फन्दामा परेका छन् । धाईरीङ गाविस १ स्थाई घर भई कुश्मा नगरपालीका ४ स्थित मामाघर बस्दै आएकी १४ वषिर्या बालिकाको विवाह गर्न तयारी गरिरहेका बालिकाकी माईजु २२ वषिर्या जमुना पौडेल र बिवाह गर्न खोज्ने ढिकुरपोखरी ५ कास्कीका २२ वषिर्य युवा पक्राउ परेका हुन् ।  

सानै उमेरमा बाबुको मृत्यु भएको र गरिबीका कारण आमाले लालनपालन गर्न नसकेपछि पिडित बालिका दर्ुइ वर्षेखि मामाघर बस्दै आएकी थिइन् । बालिकाकी आमा तथा उनका नातेदार समेतलाई थाहै नदिइकन हतार हतारमा आफ्नी नाबालिका भान्जीको विवाह गराइदिन खोज्ने जमुना पौडेल र उमेर नपुगेकी बालिकालाई बिवाह गर्न खोज्ने विकास पौडेललाई प्रक्राउ गरी आवश्यक अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

उनीहरुले मंगलबार रातिनै पोखरातर्फलगेर बिवाह गर्ने तयारी गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । बालबिवाह जस्तो सामाजिक अपराध गर्न खोज्नेलाई पक्राउ गरी बालिकालाई आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो । मंगलबार राती पक्राउ परेका उनिहरुसंग अनुसन्धान गरि बालबिवाह सम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ । 

 

Comments