Listen Live

सिलाई बुनाई सम्बन्धी तीन महिने तालिम समापन
Posted On: Jan 01, 1970

सिलाई बुनाई सम्बन्धी तीन महिने तालिम समापन


२०७३ बैशाख ९ गते    सन्दिप खत्री 

विपन्न परिवारका सदस्यहरुलाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले बावियाचौरमा सञ्चालन गरिएको तीन महिने सिलाई बुनाई तालिमको बिहीबार समापन गरिएको छ । 
घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आयोजना र अपागं संघ म्याग्दीको साझेदारीमा तालिम सञ्चालन गरिएको अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले बताउनुभयो । 
     माघ १० गतेबाट सुरु भएको तालिममा १० जना विपन्न परिवारका सदस्यहरुको सहभागीता रहेको थियो । तालिम समापनको अवसरमा तालिममा सहभागी विपन्न परिवारका ५ जना सदस्यहरुलाई ६० प्रतिशत छुटमा सिलाई बुनाई मेसिन वितरणको गरिएको सचिव खत्रीले जानकारी दिनुभयो । 
कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका निमित्त प्रमुख सञ्जय काफ्ले, अपांग संघ म्याग्दीका सचिव सुरेन्द्र खत्रीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न र आय आर्जन तर्फलाग्न आग्रह गर्नुभयो । सहभागीका तर्फाट सविना अधिकारी र प्रशिक्षक चक्रबहादुर नेपालीले मन्तब्य व्यक्त गर्नुभएको थियो । 

Comments