Listen Live

जन्म दिनको अवसरमा क्यान्सर पीडितलाई सहयोग
Posted On: Jan 01, 1970

जन्म दिनको अवसरमा क्यान्सर पीडितलाई सहयोग


२०७३ बैशाख ९ गते    सन्दिप खत्री 
बेनीका एक परिवारले जन्म दिनको अवसरमा हुने खर्च कटाएर क्यान्सर पीडितलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ११ स्थाई घर भई हाल बेनपा ६ मंगलाघाटमा बस्दै आएका मनोज खड्काको परिवारले परोपकारी संस्था ओमकुमारी शान्ति कोष मार्फ उक्त रकम सहयोग गरेका हुन् । 

११ वषिर्य छोरा अक्सिजन खड्काको जन्म दिनको अवसरमा मनोज खड्का र धना खड्काले क्याम्सर पीडित अविनास बानियाँको उपचारको लागि २० हजार ५० रुपैयाँ सहयोग गरिएको ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । जन्म दिन कसरी मनाउने भन्ने क्रममा क्याम्सर पीडित बानियाँलाई आर्थिक सहयोग गरि मनाउन आफूले सल्लाह दिएको र सोही अनुसार आर्थिक सहयोग प्रदान गरिएको कृष्ण बहादुर बानियाँले जानकारी दिनुभयो ।  
बेनी नगरपालिका -११ प्ाुलाचौरका अविनाश बानीयाँको उपचार्रार्थ आर्थिक सहयोग गरेको छ । घरपरिवारको आर्थिक अबस्था कमजोर भएका १८ बषिर्य बानीयाँको हाल भक्तपूर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । बानियाँको उपचारको लागि आर्थिक संकलन अभियान जारी रहेको छ । 

Comments