Listen Live

बेनीमा दोस्रो जेनेरेशन कप क्रिकेट प्रतियोगिता सुरु । उद्घाटन खेलमा माछापुच्छ्रे क्रिकेट कल्ब पोखराद्धारा खबरा क्रिकेट कल्व पराजित ।।
Posted On: Jan 01, 1970

बेनीमा दोस्रो जेनेरेशन कप क्रिकेट प्रतियोगिता सुरु ।  उद्घाटन खेलमा माछापुच्छ्रे क्रिकेट कल्ब पोखराद्धारा खबरा क्रिकेट कल्व पराजित ।।

२०७३ बैशाख ७ गते / सन्दिप खत्री             

म्याग्दीको बेनी स्थित खुल्ला मञ्चमा मंगलबारदेखि दोस्रो जेनेरेशन कप २०७३ सुरु भएको छ । 
    न्यु जेनेरेशन क्रिकेट कल्व बेनीले आयोजना गरेको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । पाँच दिनसम्म चल्ने प्रतियोगिताको बिजेता र उपबिजेतालाई नगद ३० र १५ हजार रुपैया पुरस्कारको व्यवस्था गरिएको छ । 

    उद्घाटन खेलमा माछापुच्छ्रे क्रिकेट कल्व पोखरासंग खबरा क्रिकेट कल्ब बेनी नगरपालीका ४ पराजित भएको छ । माछापुच्छ्रेले ४ विकेटको क्षत्तीमा १३५ रन बनाउदै खबरालाई जितेको हो । खबराले ११ ओभरमा ५४२ रन बनाएर अलआउट भएको थियो । 

    उक्त खेलमा माछापुच्छ्रेका जोय शर्मा म्यान अफ द म्याच बनेका छन् । प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष सोभन श्रेष्ठ र नेपाल क्रिकेट संघ म्याग्दीका अध्यक्ष कमल विश्वकर्माले उद्घाटन गर्नुभएको थियो । 

    न्यु जेनेरेशन क्रिकेट कल्वका अध्यक्ष विशाल शर्माको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका खेल प्र्रशिक्षक तेजेन्द्र बानियाले सञ्चालन गर्नुभएको थियो ।  
 

Comments