Listen Live

राहत पखाईका बाहृ वर्ष
Posted On: Aug 22, 6233

राहत पखाईका बाहृ वर्ष


सन्तोष गौतम
म्याग्दीर म्याग्दीको सदरमुकाम बेनीमा तत्कालीन ब्रि्रोही माओवादी र राज्यपक्षबीच दोहोरो भिडन्त भएको चैत ७ गते बाहृ बर्षपुरा भएको छ । म्याग्दीमा कसैले दुखद घटना र कसैले बिजयको रुपमा स्मरण गर्ने बेनी भिडन्तले बेनी नगरपालीका ७ का ६५ वषिर्य कृष्णलाल श्रेष्ठको जिवनमा भने कहिल्यै नमेटिने पिडा दिएको छ । बेनी भिडन्तमा परेर र्घाईते, अपाङ्ग भएका तर अहिलेसम्म राज्यले दन्द्धपिडितीलाई उपलब्ध गराउने सुबिधाबाट बञ्चित कृष्णलालको पिडा र गुनासा अझै ताजा छन् । 

'बाहृ बर्षा खोलो पनि र्फकन्छ' भन्ने नेपाली उक्तिप्रती बेनीको उत्तरपट्टी पर्ने पिपलचोकका बासिन्दा कृष्णलाललाई विश्वास लाग्न छाडेको छ । जिल्ला अदालत म्याग्दीको तत्कालीन अर्दली -कार्यालय सहयोगी) कृष्णलाल बेनी भिडन्तका क्रममा तिन वटा गोली लागेर र्घाईते मात्र भएनन् बमले उनलाई दाहिने खुट्टा बिहीन बनाएको थियो । राज्यले दन्द्धपिडितका नाममा विभिन्न चरणमा करोडौ राहत वितरण गरेपनि कमजोर आर्थिक हैसियतका कृष्णलालप्रती विभेद भएको छ । 

म्याग्दीमा आयोजना हुने दन्द्धपिडित सम्बन्धि हरेक कार्यक्रममा आफ्नो पिडा पोख्ने कृष्णलालले जिल्ला प्रशासन कार्यालय, स्थानीय शान्ति समितिमा दर्ता गराएको निवेदन गनेर साध्य छैन् । जिल्ला देखि मन्त्रालयका अधिकारी र दलका नेतालाई समेत आफ्नो गुनासो पोख्दा पोख्द हैरान बनेका कृष्णलाल निराश छन् । 'दन्द्ध पिडितका नाममा कतिपय ठाउँमा भिरबाट लडेका, खोलामा डुबेकाले पनि राहत बुझेको सुनिन्छ' कृष्णलाल प्रश्न गर्छन 'भिडन्तमा गोली लाग्यो । खुट्टा गुम्यो तर मप्रती राज्यले किन यस्तो निर्दयी ब्यवहार देखायो, अन्याय र विभेद गर्‍यो -' 

राहत नपाएको गुनासोमात्र होईन कृष्णलालसंग बेनी भिडन्तका पिडादायी थुप्रै अनुभवहरु प्ानि छन् । २०६० चैत ७ गते घरमा खाना खाएर कार्यालय कर्ुन अदालतमा गएका कृष्णलालले पौने एघार बजे न्रि्रामा बम पड्कीएको आवाज सुने । त्यसपछि दोहोरो फाईरीङ चल्यो । रातभरी गोली चल्यो । बम पड्कीए । झाँगामा मकै भुट्दा आगोको रापले मकैका गेडा पड्कीए जसरी गोली पड्कीन्थे, बिस्फोट हुन्थे । कडा आवाजमा । शौचालय र खाटमुनी लुकेर श्रेष्ठले त्यो रात कटाए । उज्यालो हुन थालेपछि फाईरीङ कम हुदै गयो । 

उनले कालबाट बचेको अनुभुती गरे । कार्यालय बाहिर निस्कीएर घर जाने अवस्था थिएन् । अत्यासलाग्दो अवस्था कतिबेला साम्य होला भन्ने प्रतिक्षामा थिए कृष्णलाल । बिहान ७ बजेपछि ७०र८० जना माओवादी कार्यालयमा पसे । कृष्णलाल डराए तर उनिहरुले केही हुदैन भनेर सम्झाए । 'उनिहरु -माओवादी लडाकुहरु)ले कार्यालयको कागजपत्रमा आगो लगाए पछि हाकीमको कोठा देखाउन भने' कृष्णलाल भसङ्ग हुदै सम्झन्छन 'रोडमा निस्कने बित्तिकै सैनीकले चलाएको तिन वटा गोली लाग्यो । त्यही ढले । लगत्तै खुट्टामा बमले लाग्यो । त्यसपछि के भयो थाहा पाईन् । मेरो जिवनमा त्यो चैत ७ कालो दिन बन्यो ।' 
सडकमा घाइते अवस्थामा लडेका कृष्णलाललाई सैनीकले उद्धार गरेर काठमाडौ लगे । सैनीक अस्पतालले प्रहरीको जिम्मा लगायो । प्रहरीले टिचिङ हस्पीटल लग्यो । टिचीङमा जिम्मा लिने आफन्त कोही नभएर तिन दिन अलपत्र परेको कृष्णलालले बताए । जिल्लाबाट पत्र लिएर एक जना प्रहरी हवल्दार काठमाडौ पुगेपछि कृष्णलालको उपचार सुरु भयो । 
'बेनीबाट काठमाडौ पुगेकै दिन अप्रेशन गरेको भए पाईतला मात्रै काटे हुन्थ्यो । घाउ कुहीएकाले घुडाभन्दा मुनी सबै काटेर फाल्नुपर्‍यो' कृष्णलालले भन्नुभयो । कृष्णलाल आफ्नो देब्रे पाखुरा, पिठ्यु र छातीको छेउभागमा अझै तिन वटा गोली रहेको बताउनुहुन्छ । भिडन्तमा खुट्टा गुमाएर, घाइते भएर अपाङ्ग बन्न पुगेका कृष्णलालको शारीरीक अशक्तताका कारणले जागीर पनि गुम्यो । 

कृतिम खुट्टा र बैशाखीको साहराले हिडडुल गर्ने उनी सामान्य किराना पसलबाट गुजारा चलाएर बसेका छन् । श्रेष्ठको घरमा एक छोरा र श्रीमती छिन् । श्रेष्ठले राहत नपाएको विषयमा स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा बेला बेला समाचार आईरहन्छ । मानवअधिकारबादीहरु पनि कृष्णलालले पाउनुपर्ने सुबिधा पाउनुपर्ने बताउछन् । 

दन्द्धपिडीत सम्बन्धि कार्यक्रममा कृष्णलालले आफूमाथि भएको विभेदप्रती आक्रामक रुपमा प्रस्तुत हुन्छन् । सरकारी अधिकारीहरु पनि पहल गर्ने प्रतिवद्धता दोहोर्राईरहन्छन् । प्रशासनका कर्मचारीहरु कृष्णलाललाई कर्मचारी अथवा र्सवसाधारण कसको रुपमा राहत दिने भन्ने विषयमा मन्त्रालयको अलमलका कारण यतीका बर्षम्म सुबिधाबाट बञ्चित भएको प्रतिक्रिया दिन्छन् ।  
कुराकानीमा आधारीत 
   

Comments